काठमाडाैं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन आज प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
