Advertisement

घट्यो आज सुनचाँदीको मूल्य


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९० हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर १ हजार २ सय ९५ मा झरेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement