Advertisement

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९० हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । आइतबार पनि सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर १ हजार ३ सय  पुगेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement