Advertisement

घट्याे आज सुनकाे मूल्य, चाँदीकाे मूल्य बढ्याे


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँमा काराेबार भएकाेमा आज ७ सयले घटेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रूपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेकाे छ । आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ७० रूपैयाँ रहेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement