Advertisement

घट्याे आज सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९३ हजार २ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रूपैयाँमा काराेबार भएकाेमा आज ७ सयले घटेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार  रूपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकाे छ । आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ६० रूपैयाँ रहेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement