Advertisement

बढ्याे आज पनि सुनकाे मूल्य, चाँदीको मूल्य घट्याे


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९२ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँमा काराेबार भएकाेमा आज ४ सयले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रूपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेकाे छ । आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ८० रूपैयाँ रहेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement