Advertisement

कति छ आज सुनचाँदीकाे मूल्य ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रूपैयाँमा काराेबार भएकाेमा आज २ सयले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेकाे छ । आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ९० रूपैयाँ रहेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement