Advertisement

बढ्याे आज सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९० हजार १ सय रूपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ७ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement