Advertisement

कति छ आज सुनचाँदीको मूल्य ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९२ हजार रूपैयाँमा कारोबार भएकोमा आज २ सयले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार २ सय रूपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement