Advertisement

घट्याे आज सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९० हजार २५० रूपैयाँमा कारोबार भएकोमा आज १ सयले घटेकाे हाे ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार १५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेकाे छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १८० रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement