Advertisement

कति छ आज सुनचाँदीको मूल्य ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९० हजार १५० रूपैयाँमा कारोबार भएकोमा आज १ सयले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार २५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेकाे छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १७५ रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement