Advertisement

घट्याे आज सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज ३ सय रूपैयाँले घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९४ हजार २ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रूपैयाँमा काराेबार भएकाेमा आज ३ सयले घटेकाे हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेकाे छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ५५ रूपैयाँ रहेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement