Advertisement

नेकपा एकता जाेगाउन दाेश्राे तहका नेता सक्रिय, पोखरेल र भुषालबीच ४५ मिनेट कुराकानी

दुई नेताबीच झन्डै ४५ मिनेट कुराकानी


काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली पक्षका स्थायी कमिटी सदस्य शंकर पोखरेल र पूर्व कृषिमन्त्री तथा प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुषालबीच आज छलफल भएकाे छ ।

कानूनी रुपमा मात्रै फुट्न बाँकी रहेकाे नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुई पक्षका दोस्रो तहका नेताहरूले नेकपा एकता जाेगाउन भन्दै छलफलमा जुटेकाे बुझिएकाे छ ।

दुई नेताबीच बिहीबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भएको हो।

दुई नेताबीच झन्डै ४५ मिनेट कुराकानी भएको बताइएकाे छ ।

पूर्वमन्त्री भुषालले आफूहरू दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको बताउनुभयाे।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement