Advertisement

पूर्वराजा ज्ञानेन्द्र शाहलालाई कोरोना संक्रमण पुष्टि

कोमल शाहलाई पनि कोरोना


काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

२ दिनअघि मात्रै भारतबाट फर्किनुभएका पूर्वराजा शाहको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्राेतले बताएको छ ।

शाहसँगै उहाँकी पत्नी कोमल शाहलाई पनि कोरोना देखिएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि उहाँहरूले कोरोना परीक्षण गराउनुभएकाे थियाे ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement