Advertisement

एफएनसिसिआई निर्वाचन : ६४ पदका लागि १२७ जनाको उम्मेदवारी(विवरण सहित)


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा मार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १२७ जनाकाे उम्मेदवारी परेकाे छ ।

महासंघको निर्वाचन समितिले शुक्रबार जारी गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार ५४ औँ साधारणसभाबाट निर्वाचित हुने बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुसहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको जनाएको हाे ।

जसमध्ये महासंघको वरिष्ठ उपाध्यमा दुई उम्मेदवारी चन्द्रप्रसाद ढकाल र किशोर कुमार प्रधानको उम्मेदवारी परेको छ ।

त्यस्तै, महासंघको उद्योग वाणिज्य समूह तर्फको उपाध्यमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठको उम्मेदवारी परेको छ ।

वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र संघाइ र सौरभ ज्योतिको उम्मेदवारी परेको छ ।

यता, जिल्ला/नगरतर्फको कुल १८ पदका लागि ३८ जनाको उम्मेदवारी परेको छ । महासंघको नेतृत्वमा ७ वटै प्रदेशबाट आ–आफ्नो दाबी प्रस्तुत गर्दै नयाँ कार्यकारिणी समितिका लागि प्रदेशबाट १५ जनाको उम्मेदवारी परेको छ ।

जसमध्ये प्रदेश १ बाट एक मात्र उम्मेदवारी परेका राजेन्द्र राउत निर्विरोध चयन भइसक्नुभएकाे छ ।

यस्तै अर्का द्विराष्ट्रिय उवासंघको तर्फबाट एक मात्र उम्मेद्वारी परेकाे नेपाल–इन्डोनेसिया चेम्बर अफ कमर्स एण्ड ईका प्रतिनिधि संदीप अग्रवाल समेत निर्विरोध चयन भइसक्नुभएकाे छ ।

उम्मेदवारहरूकाे प्रारम्भिक नामावली यस्ताे छः

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement