Advertisement

अफ्रिकी महिलाको स्वरमा ‘फूलबुट्टे सारी’

मदनकृष्ण श्रेष्ठले भेटेर नै धन्यवाद दिने चाहना



काठमाडौं । पछिल्लो समयको निकै चर्चित गीत ‘फूलबुट्टे सारी’लाई अफ्रिकी महिलाले पनि गाउँनु भएको छ । हालसम्म यो गीत नेपाली गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठको स्वरमा आइसकेको यो गीत पछिल्लो समय युगान्डाकी वियोन्से फ्यामेसीकोमा स्वरमा पनि सुन्न सकिन्छ ।

फ्यामेसीकोले युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट आफ्नो स्वरको ‘फूलबुट्टे सारी’ सार्वजनिक गर्नु भएको हो । यतिबेला उहाँले गाउँनु भएको गीत सामाजिक सञ्जाल, टिकटकमा भाइरल बनेको छ भने डिका इन्टरटेन्टमेन्टको युट्युब च्यानलमा २ लाख ५ हजार भन्दा बढीले हेरिसकेका छन् ।

वियोन्सको स्वरमा ‘फुलबुट्टे सारी’ सुनेपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उहाँलाई भेटेर नै धन्यवाद दिने चाहना व्यक्त गर्नु भएको छ । उहाँले
सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै गायिका वियोन्सले सपक्क फुल बुट्टे लुगा लगाएर कति राम्रो र मिठो गाएको भन्दै तारिफ पनि गर्नु भयो भने नेपाली गीत संगीतलाई मन पराई दिएकोमा गायीकालाई त एक पल्ट भेटेरै धन्यबाद दिन मन लागेको लेख्नु भएको छ ।

वियोन्सले भिडियोको सुरुवातमा विश्वका सबै सुन्दर मान्छेहरुका लागि गीत समर्पित गरेको उल्लेख गर्दै  विशेष रुपमा नेपालीका लागि गीत गाएको उल्लेख गर्नु भएको छ भने नेपालीलाई ‘आई लभ यू’ समेत भन्नु भएको छ ।

यो गीतको भिडियोको छायांकन नेपालमा नै गरिएको हो । डिका गुरुङले निर्देशन गरेको भिडियोमा वियोन्सले नै अभिनय गर्नु भएको छ भने गीत गाउने क्रममा वियोन्सले लयमा विशेष ध्यान दिनु भएको पाईन्छ ।

भिडियाे हेर्नुहाेस्ः

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement