Advertisement

कोरोनाको डर छ (भिडियो)


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने उपायहरुलाई समेटेर जनचेतनामुलक गीत ल्याउनुभएकाे छ ।

गोरखा काठमाडौं जनसांकृतिक मञ्ज र कोभिड–१९ भोलिन्टियर सर्भिस (सिभियस) को संयुक्त प्रस्तुती जनचेतनामुलक गीत ‘कोरोनाको डर छ’ बजारमा आएको हाे ।

नेकपा प्रवक्ता श्रेष्ठ कोभिड–१९ भोलिन्टियर सर्भिस सिभियसका संयोजक हुनुहुन्छ ।

‘कोरोनाको डर छ’ बोलको गीतमा संयोजक श्रेष्ठको स्वरमा ‘कोभिड–१८ बाट रक्षा, आजको आवश्यकता, सबैको सेवा सबैलाई सेवा हाम्रो प्रतिवद्धता’ भन्ने नारा समेत समावेश गरिएको छ ।

गीतको परिकल्पना किरण पन्तले गर्नुभएकाे हाे । शब्द सुमन पण्डितको छ । गीतमा संगीत दिप सागर थापाले भर्नुभएकाे हाे ।

गीतमा स्वर दिनेमा दिपसागर थापा, सागर गुरुङm सरु थापा, रेजिना परियार, सुमन परियार, शिशिर गुरुङ, सुजन परियार, मोहन गोर्खाली, यीबी गुरुङ,

सुनिला गुरुङ, कमल थापा, खेमराज तिवारी, कविराज ढकाल, मिमा गुरुङ, सरिता कुमाल, निशा गुरुङ र रञ्जित परियार छन् ।

संगीत संयोजन विपिन आचार्यकाे छ।

गीतमा धेरै कलाकारहरुले साथ दिएका छन् । मरिचमान श्रेष्ठ (बल्छी धु्रवे), राजु मास्टर, अनिता बस्नेत लगायत सिभियसका सम्पूर्ण समुहले कलाकारको रोलमा भूमिका निभाएका छन् ।

गीतका निर्देशक प्रकाश भट्ट हुन् ।

नेता श्रेष्ठले कोरोना नियन्त्रणमा सहयोग गर्न सकियोस भन्न ध्ययले जनचेतनामुलक गीत ल्याइएको बताउनुभएकाे छ ।

भिडियाेः

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement