१०४ दिनपछि खुल्याे आइफेल टावर

पढ्न लाग्ने समय : मिनेट

कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टावर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ ।

विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टावर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ ।

बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टावरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ ।

सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टाबरको लिफ्ट भने बन्द गरिने छ ।