Advertisement

कोरोनाभित्रको उछ्रिङ्खल दिपावली


कलम क्रान्ति । संसार कोरोनाले थिलथिलो पारेको बेला भारत तथा नेपालमा परम्परागत हिन्दू रीतिरिवाजलाई थाम्न हो या कोरोनाको आतङ्कबाट केही समय भुल्न हो, यसपालीको दिपावलीमा समाज, शहर र देशैभरि भारतलाई धनी बनाउने विभिन्न सजिसजाउका बत्तीहरू बालिएका र त्योभन्दा बढी आतङ्क त सजग मानिएका, सामाजिक काममा अवद्ध तथा टोल सुधार समितिका मानिसहरू आफैँ पटाका पड्काउनमा व्यस्त भए ।

हामी नेपालीहरू पैसा नभए आफ्नो जायजेथा बेचेर भए पनि चाडबाड मनाउने गर्दछौं ।

आवश्यकताभन्दा बढी खर्च गर्न रुचाउँछौं र तडकभडक मन पराउँछौं । देशको कति ठूलो धनराशी हामीले विदेश पठाइरहेका छौं भनी नसोच्ने भएकोले हामीले बचत कम र खर्च बढी गरेर केही समयको लागि रम्न रुचाउँछौं ।

चाडबाडको बेला देउसीभैलो नखेल्नू भनी प्रशासनले दिएको सूचना उल्लङ्घन गर्दै देउसीभैलो पनि नखेली नहुने, कतै त मद्यपान गरेर झगडा गरिरहेका, कतै समुहमा भेला भएर तास, जुवा खेलिरहेका अनि कतै लर्बरिइरहेका देख्न पाउँदा हामी नेपालीको चेतनाले काम नगरेको भान हुन्थ्यो ।

सरकार र प्रशासनको विरूद्धमा आवाज उठाउन, नीति उल्लङ्घन गर्न त हामी अग्रपंक्तिमै छौं । तर पनि, कुनबेला संयम् अपनाउने र कुनबेला स्वतन्त्र हुने भनी छुट्ट्याउने गर्ने हो भने हामी धेरै कुरामा अगाडि हुने थियौं ।

मेरो यस लेखको तात्पर्य यही हो, कि चाडबाडमा हामीले गर्ने तडकभडकले आफूलगाएत कसैको भलाई गर्दैन । सरकारलाई दोष लगाउनकै लागि कोरोना फैलाउने मनशायले यसो गरेको हो भने बेठीक हो ।

सन्दर्भ कोरोना महामारीको बेलामा संयम् नभएको विषय हो । ठाउँ ठाउँबाट नेपाल प्रहरीले पटाका र अवैध सामाग्री जफत ग¥यो । यसमा भलाई जनताकै थियो, तर सम्भ्रान्त वर्गको भने विभिन्न फरक च्यानलबाट त्यस्ता सामाग्रीको आयातमा कमी भएन ।


…….तर हामी अझै सजग भएनौं, अझै सचेत भएनौं

माथिनै उल्लेख गरिएझैँ, पहुँचवालाको घरमा यस्ता सामाग्रीको अभाव हुँदै भएन । यही वर्ष लाखौं मानिसले ज्यान गुमाए, यही वर्ष करोडौं कोरोना पीडित भए, हाम्रै देशमा लाखको संख्यामा कोरोना संक्रमित भए ।

यत्तिका बिरामीको बीचमा २०७७ साल मंसीर १ गतेसम्म १,२३० जना मानिसले नेपालमै ज्यान गुमाए, तर हामी अझै सजग भएनौं, अझै सचेत भएनौं । कोरोनाभित्र उछ्रिङ्खल दिपावली मनाएर हामीले कसलाई घाटा लगाउँदैछौं सोचौं ।

अरुको घरको मानिस मर्दा हामीलाई केहीजस्तो लागेन होला । तर आफ्नो घरका मानिसलाई भेट्छ र मार्छ भनेर सोच्ने क्षमतासम्म हामी राख्दैनौ । अरुको हातै काटेको देखेर गम्भीर नठानी आफ्नो औंला काटेकोलाई गम्भीर ठान्ने हाम्रो नियतले हामीलाई खाएको हो ।

रोग लाग्छ है भनेर प्रशासनले कडाई गर्दा आन्दोलन गर्ने हामी नेपालीकै कारणले नेपालमा यो भाइरस फैलिएको र आतङ्क मच्चाएको हो भन्दा फरक पर्दैन । रोगको संक्रमण फैलिन नदिनलाई सरकारले लक डाउन घोषणा गरेको हो ।

यो रोग न्युनिकरण र यसबाट छुटकाराको लागि लक डाउन प्रभावकारी हो भन्ने प्रमाण चीनले दियो । चीनियाँ यस कार्यलाई अप्रजातान्त्रिक भनी दोष लगाएर लकडाउनको विरोध गर्ने देशहरूले कति धेरै आफ्ना नागरिकहरू गुमायो र कति धेरै खर्च गर्नुपर्‍याे भनी मूल्याङ्कन गर्न सिक्नु आवश्यक छ ।

नेपालमा संक्रामक रोग ऐनअनुसार कारवाही गरिनेछ भनेर भनियो तर, कारवाही गरिएन ।

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षलगायतमा कोरोना संक्रमण भएछ, तर अरुलाई नभनी, विभिन्न ठाउँमा हिँड्ने, बस्ने, खाने, भौतिक दूरी कायम नगर्ने भएकोले गाउँगाउँ संक्रमण फैलिएको कुरा स्थानीयले बताएका छन् ।


यिनलाई कारवाही कसले गर्ने ?

सबैले चाडबाड र शपिङ्ग, बजार, बैंक, कार्यालयहरू जाँदा होशियारी अपनाएर कोरोना भगाऔं, यो नेपाल सरकारको मात्र होइन, तर हामी हरेक व्यक्तिको जिम्मेवारी हो ।

यसरी काठमाडौंमा विभिन्न बहानामा आन्दोलान गर्नेहरूबाट कोरोना संक्रमण तीब्र भएको हुनुपर्छ । यदि सरकारले संक्रामक रोग ऐन २०२४ अनुसार कारवाही गर्ने हो भने, ती आन्दोलनकारीहरूलाई पहिचान गरी कारवाही गरेर देखाउनुपर्छ ।

त्यसकारण, यस भयावह समयमा परेको चाडबाडलाई संयमी भएर, यसपाली बाँचियो भने अर्को वर्ष पनि चाडबाड मनाउन सकिन्छ भनी हामी किन सचेत र दूरदर्शी नभएको होला ?

मेरो यस लेखको तात्पर्य यही हो, कि चाडबाडमा हामीले गर्ने तडकभडकले आफूलगाएत कसैको भलाई गर्दैन । सरकारलाई दोष लगाउनकै लागि कोरोना फैलाउने मनशायले यसो गरेको हो भने बेठीक हो ।

गाउँ, शहर, देश बचाउनु भनेको कालापानी लिपुलेक, टिस्टा, कुमाउ, गढवाल, टनकपुरको मात्र कुरा गरेर हुन्न । आन्तरिक रूपमा समाज, शहर र देश बलियो बनाउन बलियो अर्थतन्त्र बनाउनुपर्छ ।

त्यसको लागि सबैको स्वास्थ्यलाई ध्यान दिइयो भने देशको अर्थतन्त्र जोगिन्छ ।

भ्रष्टाचार नहुने हो भने यही व्यक्तिगत अर्थतन्त्रले देशलाई दिइने करद्वारा देश चल्छ । हुन त नेपालजस्तो सानो खोरमा धेरै शेरहरू भएकोले अर्थतन्त्र जोगिन हम्मे छ, तर गरे के हुन्न ?

सबैले चाडबाड र शपिङ्ग, बजार, बैंक, कार्यालयहरू जाँदा होशियारी अपनाएर कोरोना भगाऔं, यो नेपाल सरकारको मात्र होइन, तर हामी हरेक व्यक्तिको जिम्मेवारी हो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement