Advertisement

दिपक-दीपाकाे ‘धनियाँ के होली’ सार्वजनिक


काठमाडौं। कलाकार तथा निर्देशक दीपाश्री निरौलाले फागू पूर्णिमा नजिकिँदै गर्दा सोही सम्बन्धी गीत सार्वजनिक गरेकी छिन् ।

दीपा र सुमित खड्काको स्वरमा ‘धनियाँ के होली’ बोलको गीत सार्वजनिक भएको हो ।

निरज श्रेष्ठको संगीत रहेको यो गीतमा दीप नारायण राजवंशीको शब्द छ ।

सार्वजनिक गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीको अभिनय छ ।

दीपाश्रीकै निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाँइको छायांकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement