Advertisement

सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन माग


काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड–१९ को दोस्रो लहरले आक्रान्त पारेका बेला विद्यालय तहमा वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरेको छ ।

स्वास्थ्य असुरक्षाका कारण हाल विद्यालय बन्द रहेको र विद्यार्थीको सिकाइलाई निरन्तरता दिने स्पष्ट वैकल्पिक योजना र कार्यक्रम नरहेको प्रति आम अभिभावक चिन्तित भएको महासङ्घले जनाएको छ ।

महासङ्घले सो विषयमा यही वैशाख ११ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको तर हालसम्म स्पष्ट सुनुवाइ नभएको उल्लेख गरेको छ ।

‘‘शैक्षिकसत्र समयमै पूरा गर्ने र समयमै अन्तिम परीक्षा सम्पन्न गर्ने, गराउने पूर्वशर्त र आकस्मिक शिक्षा कार्ययोजनामा उल्लेख भएअनुसारको वैकल्पिक माध्यमबाट सिकाइ गतिविधि यथाशिघ्र सञ्चालनमा ल्याई विद्यार्थीको सिकाइ निरन्तरताको सुनिश्चितता गर्न माग गर्दछौँ”, महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement