Advertisement

दिल्ली कोरोनाको हटस्पट : मास्क नलगाए दुई हजार जरिवाना


एजेन्सी । पछिल्ला केही हप्तामा नयाँ दिल्ली कोरोना भाइरसको हटस्पटको बनेसँगै दिल्ली सरकारले मास्क नलगाए भारु २ हजारसम्मको जरिवाना तिराउने निर्णय गरेको छ।

बिहीबार मुख्यमन्त्री अरविन्द केजरीवालले मास्क नलगाउनेलाई २ हजारसम्म जरिवाना तिराउने बताएका हुन्।

जरिवाना ५ सयबाट दुई हजार पुर्‍याइएको हो।

‘मानिसहरूले मास्क लगाइरहेका छन्। तर त्यँहा लापरवाही गर्नेहरू पनि छन्। हामीले त्यसलाई कस्न जरुरी छ । ५ सयको जरिवानालाई बढाएर २ हजार पुर्‍याइएको छ,’ मुख्यमन्त्री केजरीवालले भने।

उनले राजधानीमा कोरोनाको अवस्थाबारे छलफल गर्न भएको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग जरिवाना बढाइएको बताएका हुन्।

कोरोना संक्रमितहरूले उच्च प्राथमिकताका साथ उपचार पाउँन् भनेर सरकारले सबै अस्पतालहरूलाई नन इमर्जेन्सी अपरेशनहरू राख्न आग्रह गरिने केजरिवालले बताए।

‘यदी टनसिलको अप्रेशन छ भने तपाईंले अर्को महिनाका लागि सार्न सक्नुहुन्छ। यसबारे हामीले अस्पतालहरूलाई आग्रह गर्नेछौं,’उनले भने।

सबै नीजि अस्पतालहरूलाई ८० प्रतिशत आइसियू बेड र ६० प्रतिशत सामान्य बेड कोरोना संक्रमितका लागि छुट्याउन आग्रह गरिएको छ।

नयाँ दिल्लीमा कोरोना भाइरसको संक्रमण तीब्र रूपले बढिरहेका बेला लकडाउन गर्नुको सट्टामा सरकारले बजारहरू बन्द गरी अघि बढ्ने निर्णय गरेको छ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement