लक डाउन हटाएकाे कर उठाउन मात्र : पूर्वमन्त्री गिरी

पढ्न लाग्ने समय : मिनेट

तुलसीपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले कर असुल गर्नलाई लक डाउन हटाइएकोे आरोप लगाउनुभएकाे छ ।

मुलुक कोरोना भाइरसको महामारीले आक्रान्त बनेको समयमा सरकारले कर उठाउने योजनामा लक डाउनलाई खुल्ला गरेको गिरीको भनाई छ ।

बुधबार तुलसीपुरमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री गिरीले मुलुकमा अहिले कोरोना महामारीलाई नियन्त्रण गर्नुपर्ने अवस्थामा सरकार चुकेको बताउनुभयाे ।

कोरोना माहामारीका कारण जर्जर भएको अवस्थामा साना व्यापारीदेखि उद्योगपतिबाट कर असुल्नका लागि सरकारले लक डाउन खुलाएको बताउनुभयाे।

कुनै वैज्ञानिक व्यवस्थापन नगरी लक डाउन खुल्ला गरिएको हुँदा कोरोनाको भयावह अवस्था अझै बढ्नसक्ने उहाँले बताउनुभयाे ।

यस्तो अवस्थामा सबै एकजुट भएर लाग्नुपर्ने समयमा सत्तारुढ दलभित्रै कुर्सीको आन्तरिक विवादमा हुँदा छताछुल्ल भएकाे गिरीको भनाइ छ ।