एकैदिन ४ जनाकाे काेराेनाबाट मृत्यु, १४ हजारले जितिसके काेराेना

पढ्न लाग्ने समय : मिनेट

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ । काेराेनाबाट मृत्यु भएका ४ जना नै वीरगञ्जका हुन् । उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा  प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिनुभयाे।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

नेपालमा संक्रमितको कुल संख्या भने १९ हजार ७७१ पुगेको छ ।

उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् ।

हालसम्म १४ हजार ३९९ जना निको भई डिस्चार्ज भएका छन् ।