Advertisement

सुदूरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीको निधन


अत्तरिया । कोरोना संक्रमणबाट सुदूरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीको निधन भएको छ । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ स्थित रहफ स्वास्थ्य चौकीमा इन्चार्जको रूपमा कार्यरत सिनियर अहेब कपिल श्रेष्ठको हिजो (शुक्रबार) निधन भएको हो ।

उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा अपराह्न १२ बजे उपचारका क्रममा निधन भएको हो । धनगढी उपमहानगरपालिका–५ का बासिन्दा ५५ वर्षीय श्रेष्ठलाई गत कार्तिक २५ गतेबाट अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । श्रेष्ठको शव कैलालीको गोदावरी आर्य घाटमा नेपाली सेनाको टोली हिजो नै हिन्दु संस्कारअनुसार अन्त्यष्टि गरेको थियो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement