Advertisement

कोरोनाबाट वरिष्ठ चिकित्सक डा.धुव्र शर्मा मुडभरीको निधन


काठमाडौं। वरिष्ठ शल्यचिकित्सक ध्रुब शर्मा मुडभरीको निधन भएको छ। कोरोना संक्रमित डा मुडभरीको ओम अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो निधन भएको हो ।

ओम अस्पतालका संस्थापक तथा पूर्व अध्यक्ष डा मुडभरीलाई ९ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो। ७८ वर्षीय डा मुडभरीको स्वास्थ्यमा केही सुधार आएपछि तीन दिन अघि डिस्चार्ज भएर घर गएका थिए ।

तर घरमा बाथरूममा लडेर गम्भीर घाइते भएका उनलाई तत्कालै अस्पताल ल्याइएको थियो। अस्पतालमा जाँचका क्रममा उनको छातीमा रगत जमेको पाइएको थियो ।

आइसियुमा उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको हो । ओम अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्मा नेपालका वरिष्ठ सर्जन थिए ।

डा.मुडभरीको निधनमा ओम अस्पतालले अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement