चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

पढ्न लाग्ने समय : मिनेट

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त हुनुभएकाे छ ।

बिहीबार  बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, साँस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापा र निर्देशक दाहालको नाम अध्यक्षका लागि सिफारिस भएको थियो ।

अध्यक्ष बन्नका लागि निवदेन भने दश जनाले दिएका थिए ।

अध्यक्ष केशव भट्टराईको मंसिर २९ गते निधन भएपछि बोर्ड अध्यक्षविहीन थियो ।