हात्तिवनमा पहिराे : ढुंगाले लागेर माेटरसाइकलमा क्षति

पढ्न लाग्ने समय : मिनेट

लगातारकाे वर्षाका कारण चोभार–दक्षिणकाली सडकखण्ड अन्तर्गत चाल्नाखेल, हात्तिवनमा पहिराे गएकाे छ ।

पहिराेका कारण सडकमाथिबाट ढुंगा र माटाे खसेर सडककाे आधा भाग अवरूद्ध भएकाे छ भने गुडिरहेकाे माेटरसाइकल उक्त खसेको ढुङ्गामा ठोकिँदा सामान्य क्षती पुगेकाे छ ।  सडकमाथिबाट खसेकाे ढुङ्गासडकमा छरिएर रहेको हुँदा  दक्षिणकालीतर्फ जाँदै गरेकाे माेटरसाइकल ढुङ्गामा ठोकीदा क्षति पुगेकाे हाे ।

प्रत्यक्षदर्शीका अनुसार सडकमाथिबाट खसेका ढुङ्गामा माेटरसाइकल ठाेकिन पुग्दा सामान्य क्षति पुगेकाे  छ भने माेटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् ।

चाल्नाखेल-बाँसबारीकाे बीचमा ३ स्थानमा पहिराे गएकाे छ । वन क्षेत्रसमेत रहेकाे उक्त सडक खण्डमा माटाेसँगै ठुला ढुंगा पनि खसेका कारण यात्रामा जाेखिम रहेकाे प्रत्यक्षदर्शी जयन मानन्धरले नयाँ सञ्चारलाई बताउनुभयाे ।

ईलाका प्रहरी कार्यालय फर्पिङकी प्रहरी निरीक्षक अनु लामाले हात्तिवनमा सामान्य पहिराे गएकाे तर सडक अवरूद्ध नभएकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘हाम्राे टाेली पहिराे गएकाे स्थानमा पुगेकाे थियाे । सडक अवरूद्ध भएकाे छैन, ढुङ्गा माटाे खसेर रहेछ । पहिराे हटाउन खबर गर्नेछाै । स्थिती सामान्य छ । ‘

उहाँले माेटरसाइकलमा पुगेकाे क्षतिबारे आफूलाई जानकारी नभएकाे बताउनुभयाे ।