Advertisiment

दशैंको दोस्रो दिन : दक्षिणकाली मन्दिरमा जे देखियाे (फाेटाे फिचर)


काठमाडाैं ।  वडादशैंको दोस्रो दिन आइतबार ब्रम्हचारिणी भगवतीको पूजा आरधना गरि मनाइएको छ ।

वडादशैं अन्तर्गत दोस्रो दिनमा देवी दुर्गाका स्वरुपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिएको हो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

विगत वर्षहरुमा नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गरेतापनि यस वर्ष कोरोना भाइरसको संक्रमण जोखिमका कारण सरकारले सर्वसाधारणका लागि मन्दिरहरु नखोल्ने निर्णय गरेकोले शक्तिपीठमा भक्तजनको उपस्थिति नगन्य मात्रामा रहेको छ ।

विगत वर्षमा काठमाडौको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुइचो लाग्ने गर्दथ्यो ।

दक्षिणकाली मन्दिरमा नगन्य मात्रामा भक्तजनकाे उपस्थिति ।

तस्वीरमा हेराैंः

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सबै तस्वीरः नयाँ सञ्चार

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment