Advertisiment

दक्षिणकालीमा संक्रमित संख्या ८३ पुग्याे, नगरपालिका ११ दिनलाई बन्द


काठमाडाैं । दक्षिणकाली नगरपालिकाले नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रदान गर्दै आएकाे सम्पूर्ण सेवा  भाेलि(कार्तिक ३) देखि बन्द गर्ने भएकाे छ ।

नगरपालिका क्षेत्रमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु भाेलि(मंगलबार)देखि कार्तिक १४ गतेसम्मकाे लागि बन्द गर्ने निर्णय भएकाे नगरपालिका कार्यालयले जनाएकाे छ ।

नगरपालिकामा आइतबारसम्मकाे विवरण अनुसार काेराेना संक्रमितकाे संख्या ८३ पुगेकाे छ । जसमध्ये ४१ जना संक्रमित उपचारपछि संक्रमण मुक्त भएका छन् ।

याेसँगै दक्षिणकाली नगरपालिकामा सक्रिय संक्रमितकाे संख्या ४२ रहेकाे छ ।  जसमध्ये होम आइसोलेशनमा ३२ जना, चाल्नाखेल चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रकाे आइसोलेशनमा ७ जना र अन्य अस्पतालमा ३ जना उपचारको क्रममा रहेकाे नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दशैँ तिहार लगायतका चाडपर्व स्वास्थ्य मापदण्रड अपनाएर मनाउन र सतर्क हुन अनुराेध गरेकाे छ ।

केही समययता नगरपालिकाले काेराेना संक्रमितकाे यथार्थ विवरण प्रकाशन गरेकाे थिएन ।

दक्षिणकाली नगरपालिकाकाे सूचनाः

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment