Advertisement

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटा-काठमाडौं सम्पर्क समन्वय समिति गठन

धनकुटा-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा २५ सदस्यीय धनकुटा-काठमाडौं सम्पर्क समन्वय समिति


नयाँ सञ्चार प्रतिनिधि, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटा-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा २५ सदस्यीय धनकुटा-काठमाडौं सम्पर्क समन्वय समिति गठन गरेको छ ।

भाद्र २६ गतेका दिन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिशडाँडामा बसेको उक्त भेला आयोजना गरिएको थियो । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकताको लागि पहल हुनुभन्दा पहिले सुचारू र सुव्यवस्थित रहेका सम्पर्क मञ्चहरू पार्टी एकताको प्रकृयालाई पूर्णता दिएपछि नेकपा एमालेका सम्पर्क समितिजस्ता उही स्वभावका समितिहरूको पनि मिलान गर्ने प्रकृया हुने आशामा त्यत्ति सांगठनिक काम नगरेको अवस्था थियो ।

भूपू अध्यक्षहरूसमेतको बाक्लो उपस्थिति

अन्तमा, एमालेको केपी गुटले अराजनीतिक काम तथा सम्झौताविपरित काम गरेर नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट पुनः साबिकको पार्टी भएपछि, यस मञ्चलाई पूर्णता दिन धनकुटा-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा भेला आयोजना गर्यो । जहाँ प्रेम दलाहाङ्गसहित भूपू अध्यक्षहरूसमेतको बाक्लो उपस्थितिमा, उक्त कार्यक्रमले ओमप्रकाश निरौलाको अध्यक्षतामा २५ सदस्यीय धनकुटा-काठमाडौं सम्पर्क समन्वय समिति गठन गरेको छ ।

निवर्तमान अध्यक्ष क. दुर्गा देवानको अध्यक्षता र संविधान सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटा ईन्चार्ज क. हेमराज भण्डारीको प्रमुख आतिथ्यता र प्रदेश न. १ सम्पर्क समन्वय समिति इन्चार्ज क. राजेन्द्र बस्नेतको विशेष आतिथ्यतामा सुसम्पन्न कार्यक्रमले तपशिलबमजिमको समिति गठन गरेको हो ।

धनकुटा-काठमाडाैं सम्पर्क समन्वय समिति गठन भेला

पदाधिकारीका नामहरू

अध्यक्षः ओमप्रकाश निरौला ।
उपाध्यक्षः तिलकजङ्ग बुढाथोकी, सोनाम लामा ।
कोषाध्यक्षः पवित्रा आचार्य ।
सचिवः उमेश थापा ।
सहसचिवः भोग्य कट्टेल ।
सहसचिवः नवीन थापा मगर ।
सचिवालय सदस्यहरु: गजेन्द्र भण्डारी । देवीमाया लिम्बू, रत्न लम्जेल, धनध्वज मल्ल, गोविन्द राई, भावना पहाडी, अर्जुन श्रेष्ठ, गणेश कटुवाल, टीका नेपाल, रणबहादुर तामाङ ।
सदस्यहरू: अमृता राई, चेल्सी श्रेष्ठ, कुमार भुजेल, अनिता थापा, विश्व राई, कविता बराईली, रविन पौडेल रहेको २५ सदस्यीय समिति निर्वाचित गरेको छ ।

नवगठित समिति सदस्यहरू

पालिकाको सम्पर्क समन्वय समिति संयोजक

त्यस्तै उक्त भेलाले सातवटै पालिकाको सम्पर्क समन्वय समिति संयोजक समेत तोकेको छ । जसअनुसार: १. महालक्ष्मी नगरपालिका – अर्जुन श्रेष्ठ । २. छथर जोरपाटी गाउँपालिका- भावना पहाडी । ३. पाख्रीबास नगरपालिका- गोविन्द राई । ४. धनकुटा नगरपालिका- धनध्वज मल्ल । ५. सहिदभूमि गाउँपालिका- रत्न लम्जेल । ६. साँगुरीगढी गाउँपालिका- देवीमाया लिम्बू । ७. चौबीसे गाउँपालिका- गजेन्द्र भण्डारी रहनुभएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज क. हेमराज भण्डारीले यस सम्पर्क समन्वय समितले धनकुटाको भूराजनीतिसँग प्रत्यक्ष सरोकार राखेर काम गर्ने वातावरण बनाउने तथा यस सम्पर्क समन्वय समिति र सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले स्थानीय निकायमा पनि समन्वय गरी काम गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी प्रदेश सम्पर्क समन्वय समितिका इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्र बस्नेतले पार्टीको विधानसहित विभिन्न संयन्त्रहरू बनिरहेकाले चुस्तदुरूस्त रूपमा सम्पर्क समन्वय समितले काम गर्न सक्छ भनी प्रशिक्षण दिनुभएको थियो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement