Advertisement

भारतको अवस्था भयावह: एकैदिन ४ लाख ८ हजार बढीमा कोरोना संक्रमण पुष्टि


काठमाडौं । भारतमा एकै दिन ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार ५ सय २२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यो एकै दिन देखिएका संक्रमितको संख्या अहिलेसम्मकै बढी हो । एक हप्तासम्म दैनिक तीन लाखभन्दा बढी संक्रमित पुष्टि हुँदै आएको थियो ।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २ सय ५६ पुगेको छ । त्यस्तै, अहिलेसम्म एक करोड ९१ लाख ५७ हजार ९४ जनामा कोरोना पुष्टि भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ७ सय ७८ पुगेको छ । भारतमा हाल दैनिक १९ लाख स्वाब परीक्षण भइरहेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement