Advertisiment

पछिल्लो २४ घण्टामा १,४५९ कोरोना संक्रमित थपिए, ११ काे मृत्यु


काठमाडौं । मंगलबार देशभर १४५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार थप १४५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हाे ।

याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेकाे छ ।

 पछिल्लाे २४  घण्टामा १०, ३७५ जनाकाे पीसीआर परीक्षणको क्रममा १४५९ जनामा काेराेना पुष्टि भएकाे हाे । पछिल्लाे २४ घण्टामा कोरोनामुक्त हुनेकाे संख्या १०६२ छ ।

थप ११ जनाकाे मृत्यु भएसँगै काेराेना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment