Advertisiment

काेराेना संक्रमितको संख्या ५५ हजार नाघ्याे, १५ जनाको मृत्यु


काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १५ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

स्वाथ्य मन्त्रालयका अनुसार मृत्यु हुने काठमाडौं उपत्यकाका मात्रै ८ जना छन् ।

मोरङमा ४० र ७० वर्षीय पुरुष र रामेछापमा २३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

गोरखामा ६३ वर्षीया, नवलपरासीमा ६२ वर्षीया, पर्सामा ५५ वर्षीया र कपिलवस्तुमा ४७ वर्षीया महिलाको कोरोनाबाट पछिल्लो २४ घण्टायता मृत्यु भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ५ सय ११ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । अहिले देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment