Advertisement

कोरोनाका कारण भारतमा एकैदिन ६ हजार १३८ संक्रमितको मृत्यु


काठमाडौं । २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १ सय ३८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ९३ हजार ८९६ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरेको भारतमा मृत्युदर भने बढेको हो ।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख नाघेको छ । कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ७६ लाखभन्दा बढी निको भइसकेका छन् भने ११ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement