Advertisement

२४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७४ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६७४ लाई कोरोना पोजेटिभ देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १ लाख ९३ हजार ३२५ जना निको भएका छन् । २४ घण्टामा ३ हजार ३२३ जनाले कोरोना जिते ।

यस्तै ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ३०५ पुगेको छ  । सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको रहेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement