Advertisement

१० हजार ३४० जनाकाे पीसीआर गर्दा १९ सय ४५ लाई कोरोना पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४५ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९४५ लाई कोरोना पोजेटिभ देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १ लाख ९१ हजार २ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जनाले कोरोना जितेका छन् ।

यस्तै २२ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार २९८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको रहेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement