काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ सय २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ४३ परीक्षण गर्दा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा ८३ जना संक्रमित निको भएका छन् । सोही अवधिमा एक जना संक्रमितको पनि मृत्यु भएको छैन । यस्तै हालसम्म कुल संक्रमितको संख्या दुईलाख ७४ हजार ६ सय ८ पुगेको छ ।

यस्तै निको हुनेको संख्या दुई लाख ७० हजार ७ सय ६६ पुगेको छ । संक्रमितमध्ये तीनहजार १० जनाको मृत्यु भएको छ भने ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।