Advertisement

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा काेराेना संक्रमण पुष्टि, ४ जनाकाे मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ४ हजार ९५६  जनाको पीसीआर परीक्षण भएकोमा ३४८ जनालाई कोरोना पोजेटिभ देखिएकाे हाे । आज थपिएका संक्रमितमध्ये २१८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६२ हजार २५९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४४१ जनाले कोरोना जिते ।

यसैगरी २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९६९ पुगेको छ  । सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको रहेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement