Advertisement

पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिए, ४१४ डिस्चार्ज

पढ्न लाग्ने समय : मिनेट

काठमाडौं । पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ४४५ संक्रमित थपिएको जानकारी दिनुभएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४७३४ रहेको छ । यसमध्ये संस्थागत आइसोलेसनमा ११०७ र होम आइसोलेसनम ३३४७ रहेको गौतमले जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार २४ घण्टामा पीसीआर परीक्षणको संख्या ४१५४ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भइ डिस्चार्ज हुनेको संख्या ४१४ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ ।

२४ घण्टामा काठमाडौं उत्यकामा २४६ जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिनु भएको छ । भक्तपुर १८ ललितपुर ३८ काठमाडौं १८९ संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९३७ पुगेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement