Advertisement

देशभर १ सय २५ जना कोरोना संक्रमित थपिए, ९० जना काेराेनामुक्त


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ सय २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा १ सय २५ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । साेही अवधिमा ९० जना संक्रमित काेराेनामुक्त भएका छन् भने कसैकाे पनि मृत्यु भएको छैन ।

अहिले सक्रिय संक्रमितको संख्या १ हजार ५ सय २९ रहेको छ  । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको छ जसमध्ये २ लाख ६९ हजार ९ सय ६६ निको भएका छन् । कोरोना संक्रमित मृतकको संख्या भने २ हजार ६१ रहेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement