काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ३ हजार ३ सय २५ जनाको पीसीआर परीक्षण भएकोमा ८० जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ४९ जना रहेका छन् । काठमाडौंमा ३६, भक्तपुरमा २ र ललितपुरमा ११ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ सय २१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८ सय ७६ पुगेको छ ।