Advertisement

२४ घण्टामा देशभर थपिए १ सय ७६ कोरोना संक्रमित


काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमण बढ्दै गएको नेपालमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९९ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंमा ८७, भक्तपुरमा ४ र ललितपुरमा ८ जनालाई संक्रमण पुष्टि भएको छ । आज देशभर १ सय ७६ जनालाई संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा १ सय १७ जना संक्रमणमुक्त भएका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement