Advertisement

आज थपिए ४ हजार ३४४ कोरोना संक्रमित, ८१ संक्रमितको मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार ७ सय ४८ जना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ९ सय १५ रहेका छन् । जसमा काठमाडौंमा ६ सय ७९, भक्तपुरमा ८१ र ललितपुरमा १ सय ५१ जनालाई पोजेटिभ देखिएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या घट्दै गएको छ, अहिले ८० हजार ३ सय ३६ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार ७४ पीसीआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा पीसीआरमा ३ हजार ४४९ र एन्टीजेनमा ८ सय ९५ जनालाई संक्रमण देखिएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement