Advertisement

नेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्याे, देशभर ३३९ जनालाई कोरोना पुष्टि


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आज देशभर ३ सय ३९ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँले पीसीआरबाट २९८ र एन्टीजेन परीक्षणमा ४१ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो । पछिल्लो २४ घण्टामा ४१ सय जनाको पीसीआर परीक्षण भएको छ  ।

काठमाडौं उपत्यकामा मात्रै १ सय ६३ जनालाई संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ सय ३२, भक्तपुरमा ५ र ललितपुरमा २६ जना गरि उपत्यकामा १ सय ६३ जनालाई पुष्टि भएको छ ।

देशभर २ हजार २ सय १ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७ सय ६० र होम आइसोलेसनमा १ हजार ७ सय ४१ जना रहेका छन् ।

६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement