Advertisement

२४ घण्टामा ५५ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । यसअघि हिजो एकैदिन ३७ जनाको कोरोनाकै कारण ज्यान गएको थियो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ७ सय ७५ रहेको छ ।

मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ रहेको छ । जसमध्ये ५५ हजार ५ सय २० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २ सय ७८ जना रहेका छन् ।

नेपालमा दिनानुदिन संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७ हजार ५ सय ८७ र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement