Advertisement

पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं । नेपालमा दैनिक रुपमा कोरोना संक्रमणको दर बढिरहेको छ । पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्ला दिनमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ५८ पीसीआर परीक्षणमा सात हजार ३ सय ८८ जना र ५ सय १८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement