Advertisement

२४ घण्टामा थप ४९२८ जनालाई कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४९ सय २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८ सय ८८ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

१२ हजार ५ सय ९७ जनाको पीसीआर परीक्षण भएकोमा ४८ सय ३१ जनालाई पोजेटिभ देखिएको छ भने ९ सय ६३ जनाको एन्टीजेन परीक्षण हुँदा ९७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । जसमध्ये २ लाख ८० हजार १ सय ६७ निको भएका छन् भने ४२ सय ४६ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ रहेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement