Advertisement

भारतमा कोरोनाबाट एकैदिन ३२ सय बढीको मृत्यु


काठमाडौं । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । एकैदिन ३ लाख ६४ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । ३२ सयभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा ३ लाख ६४ हजार संक्रमित थपिँदा त्यहाँ कुल संक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७ सय ६८ जना छन् । एकैदिन ३२ सय जनाको मृत्यु भएपछि कुल मृतकको संख्या २ लाख १ हजार १ सय ६५ पुगेको छ।

भारतमा कोरोना महामारीको दोस्रो लहर तिब्र रुपमा फैलिँदा भारतीय स्वास्थ्य संरचना नै ध्वस्त हुने अवस्थामा पुगेको छ । भारतमा अस्पतालहरुमा अक्सिजनको कमी हुँदा विरामीहरु अक्सिजन नपाएर मरिरहेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement