Advertisement

थपिए आज २ हजार ९ सय ७७ कोरोना संक्रमित, १८ जनाको मृत्यु


काठमाडौं । नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ७ लाख ३० हजार १४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ हजार ३०८ जनाको परीक्षण भएकोमा २ हजार ९ सय ७७ जनालाई संक्रमण पुष्टि भएको हो ।

६ लाख ३९ हजार ३६८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ७८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोनाबाट थप १८ संक्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १८ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६७९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement